शिक्षा ऐनमा गरिएको व्यवस्था अनुसार वि. सं. २०७७ सालमा विशिष्ट श्रेणीक प्राप्त गर्न सफल

प्रिमियर इन्टरनेशनल आई बी वर्ल्ड स्कुल सातदोबाटो खुमलटारले विद्यालय साझेदारी शीर्षक
अन्तर्गत आज मिति २०७८ पुस २८ गते ललितपुर महानगरपालिकाका आधारभुत

विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय

व्यवस्थापन समितिका अध्यक्ष श्री वसन्त थापाको सभापतित्वमा आयोजना गरिएकको

कार्यक्रममा विद्यालय साझेदारी शीर्षक अन्तर्गत विद्यालयले गर्ने आगामी कार्यक्रमहरुको बारेमा

प्रकाश पार्दै विद्यालयकी निर्देशिका पवित्र लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यकममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट

श्रेणी कायम गरिएका विद्यालयद्वारा सामुदायिक विद्यालयसँग सहकार्य गरि बालकेन्द्रित अभ्यास

सम्वन्धि क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य

शैक्षिक कियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा महत्वपूर्ण सहयोग पुर्‌याउने भएकाले यस्तो

कार्यमा अग्रसर भइ महत्वपूर्ण भूमिका निर्वाह गरेकामा स्कुल परिवारप्रति धन्यवाद ज्ञापन

गर्नुभयो । कार्यक्रममा बोल्दै ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजि स्तर र
सामुदायिक स्तरका विद्यालयबिचमा सहकार्य हुनु पर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको

गुणस्तरमा वृद्धि गर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यकममा प्रदान गरिएका शैक्षिक सामग्रीहरुले आधारभुत विद्यालयलाई प्रविधिमैत्री

बनाउन शुरुवात गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक

गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको ललितपुर महानगरपालिकाका शिक्षा
महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले प्रष्ट पार्नु भयो ।

चिरीवाव

कार्यकममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक

राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन गर्ने

यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको र आगामी दिनमा अरु

स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको बताउनुभयो । प्रिमियर स्कुल छिर्दा

अन्तराष्ट्रिय स्तरको झझल्को दिने विद्यालयका रुपमा पाउदा आफुलाई अत्यन्तै हर्षित भएको

बताउनुभयो । यसका साथै प्रमख चिरीबाबु महर्जनले समग्र ललितपुरको विकासका लागि

चालिएका कदमहरुकोबारेमा चर्चा गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत राजेश शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यकमा अभिभावक,

पत्रकार, शिक्षकहरुको उपस्थितिमा ललितपुर जिल्लाका आधारभूत विद्यालयहरु श्री चोईना

विना गुरुगणेश लोहाचोक,श्वी बाखेल कुमारी फर्सीडोल, श्री ललितकल्याण केन्द्र भोलढोका, श्री
चुनिदेवी शिक्षा मन्दिर चुनिखेल,श्री मिननाथ आदर्श शिक्षा सदन टंगाल, श्री बालकुमारी सैंबु,श्री

सचेतना धोविघाट र श्री मोतिविनायक ढोलाहिटीलाई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान

गरिएको थियो । कार्यकमका सभापति श्री वसन्त थापाले यो कार्यक्रम शुरुवात मात्र भएको र

आगामी दिनमा अझ थप कार्यकमहरु विद्यालयले ल्याउदै जाने प्रतिवद्धता व्यक्त गदै सम्पुर्ण

महानुभाव प्रति आभार व्यक्त गदै उक्त कार्यकको समापन गर्नु भयो ।