असार २९ अर्थात नेपाली भाषाका आदिकवि भानुभक्त  आचार्यको जन्मदिन पारेर नेपालमा भानुजयन्ती मनाउने गरिन्छ । भानुभक्त  को जन्म विक्रम सम्वत १८ ७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सबै नेपालीको जनजिब्रोमा पुर्याउन सफल भएका थिए ।

 २०८ औँ भानु जयन्तीको अवसरमा प्रिमियर अन्तर्राष्ट्रिय आइ. वी. विद्यालयद्वारा छन्द कविता वाचन प्रतियोगिता को आयोजना गरिएको थियो , उक्त कार्यक्रम अनलाइनमार्फत (जुम)  मार्फत आयोजना गरिएको थियो , जहाँ आफ्नो कक्षाबाट छानिँदै आएका कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थी भाइ बहिनीहरुले कविता वाचन  गरी पठाएको भिडियोहरुलाई प्रस्तुत गरिएको थियो । नेपाल विभिन्न जाति र संस्कृतिको संगमका हो भन्ने कुरा प्रस्तुत गर्नको लागि आफ्नो आफ्नो सांस्कृतिक तथा जातीय पहिरनमा सम्पूर्ण सहभागीहरु सजिएको देख्न पाइन्थ्यो । दिउसो २ बजे शुरु भएर  करिब ४ बजेसम्म चलेको उक्त कार्यक्रम को संचालन राजेश घिमिरेले गर्नुभएको थियो भने सम्पूर्ण सहभागीहरुलाई स्वागत स्वरुप प्रेम लामा ज्यु ले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी उक्त  कार्यक्रममा निर्णायकको भूमिकामा पूजा पोखरेल, देवी थापा, निशा चन्द  र सुष्मा पौडेल रहनुभएको थियो ।

 कार्यक्रममा सहभागी प्रतियोगीहरुले  लक्ष्मीप्रसाद देवकोटा ,भूपी शेरचन, सिद्धिचरण श्रेष्ठ ,लेखनाथ पौड्याल, भीमनिधि तिवारी लगायतका  कविहरूको रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूको नाम यसप्रकार छ: मानव संघाइ, हृदय वीर सिं थापा, भिभान अग्रवाल, लेहान शाह, श्रेयान देवकोटा, जिज्ञा भुसाल, आर्यन जोशी, सनातन न्यौपाने, कावेरी बस्नेत, आर्जु ताकानायगी राजभण्डारी, आश्रय अग्रवाल, आयुष्मा रिजाल, सौर्या श्रेष्ठ, अग्रता रेग्मी, नन्दिता राजवैद्य, काव्या खतिवडा, जेविस पौडेल, अयुजा अमात्य

 यसैगरी कार्यक्रममा अतिथि कविता वाचनका रुपमा पनि केहि कविताहरु वाचन गरिएको थियो । अभिभावक सहभागीको रुपमा माधवप्रसाद रेग्मीद्वारा रामायणको केही अंश पनि वाचन गरिएको थियो ।

प्रिमियर विद्यालयले भानुजयन्तीलाई विगतदेखि नै  विविधता दिवसको रुपमा मनाउदै आएको  कुरा पनि कार्यक्रम मार्फत राजेश घिमिरेले जानकारी दिनुभएको थियो त्यसैगरी विद्यालय निर्देशक प्रविना थापाले परोपकार नै पछिसम्म किर्ति  राख्ने प्रमुख  कार्य हो  भन्ने कुरा भानु र उनको घाँसी कविता लेखनको पृष्ठभूमि बाट प्रेरणा लिन सकिने कुरा बताउनुभयो ।

 अन्त्यमा प्रतियोगिताको नतिजा तहगत रुपमा प्रस्तुत गरिएको थियो जसअनुसार 

 

कक्षा २ र ३  तर्फ

प्रथम स्थानः भिभान अग्रवाल  

द्वितीय स्थानः सनातन न्यौपाने

तृतीय स्थानः  श्रेयान देवकोटा  

 

कक्षा ४ र ५ तर्फ 

प्रथम स्थानः आर्जु ताकानायागी राजभण्डारी 

द्वितीय स्थानः काभेरि बस्नेत

तृतीय स्थानः आश्रय  अग्रवाल

 

कक्षा ६,७ र ८ तर्फ

प्रथम स्थानः अग्रता रेग्मी 

द्वितीय स्थानः जिज्ञा भुसाल 

तृतीय स्थानः सौर्या श्रेष्ठ

 

कक्षा ९ र १० तर्फ 

प्रथम स्थानः अयुजा अमात्य 

द्वितीय स्थानः नन्दिता राजभण्डारी

तृतीय स्थानः जेविस पौडेल

कार्यक्रमको अन्त्यमा समापन मन्तव्य दिँदै सह प्रधानाध्यापक कञ्चन मेरी प्रधान ज्युले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो  ।